कविता - "मेरो नर्थ भ्याली......."
मेरो नर्थ भ्याली.......
मेरो प्यारो नर्थ भ्याली
मलाई राम्रो लाग्छ ।
यसकै लागि केहि काम
गरुँ झैँ लाग्छ ।।
नर्सरी देखि १० कक्षासम्म
पढाई यहाँ हुन्छ ।
यो स्कुललाई केहि भयो भने
मेरो मन रुन्छ ।।
शिक्षक यहाँ असल छन्
विद्यार्थी पनि ज्ञानी ।
यही स्कुलमा आउँछन् पढ्न
ठूलो लक्ष्य ठानी ।।
आशिष तामाङ
कक्षा: ८