भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
आदरणीय अभिभावक तथा शुभ चिन्तकहरुमा
नमस्कार,
बिगत २८ वर्ष देखि यस क्षेत्रको विशुद्द शैक्षिक विकासमा समर्पित यस विद्यालयले गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यबहारिक तथा सर्व सुलभ शिक्षाको लागि बिद्यालय भवन, विभिन्न प्रयोगशाला, खेलकुद, क्याफेटेरिया, पुस्तकालय, कम्प्युटर, परिवहनका साधन लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरुमा ब्यापक लगानी गर्दै हाल निर्माणाधीन अवस्थामा रहेको कुरा सम्पूर्ण अभिभावक तथा शुभ-चिन्तकहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं। बाल कक्षाको लागि विशेष खेलौनाहरु तयारी अवस्थामा तथा पुर्वाधारहरु निर्माणाधीन अवस्था छन्। गुणस्तरीय शिक्षामा समर्पित यस बिद्यालय अहिले पूर्ण रुपमा पुन:संरचना र आधुनिकरण हुँदैछ। शैक्षिक बिकाशमा समर्पित बौद्धिक समूह तथा समाजसेवीद्वारा संचालित यस बिद्यालयमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौ ।
गुणस्तरीय शिक्षाको यस परिप्रेक्षमा यसै शैक्षिक सत्र २०७४ बाट पूर्ण मोन्टेस्वरी विधि (Full-fledged Montessori Approach) बाट पठन पाठन हुने बाल कक्षा (Kindergarten) संचालन हुन गइरहेको कुरा पनि यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ।
यसै सन्दर्भमा यस नर्थ भ्याली इङलिश सेकेण्डरी स्कुलमा आगामी शैक्षिक बर्ष २०७४/७५ को लागि बालकक्षा (मोन्टेस्वरी) देखि माध्यामिक तह (कक्षा ९) सम्म यहि चैत्र ५ गते देखि आकर्षक छुट सहित भर्ना खुलेको जानकारी यहाँहरुलाई जानकारी गराउन चाहन्छौ।
कक्षा १, ४ र ६ मा विशेष भर्नाको अवसर
यस विद्यालयले आफ्नो सामाजिक दायित्वलाइ आत्मासाथ् गर्दै जेहेन्दार तथा योग्य बिद्यार्थीहरुको लागि आगमी शैक्षिक सत्र २०७४ देखि कक्षा १, ४ र ६ मा बिशेष भर्नाको शुरुवात गर्न लागेको कुरा पनि सम्पूर्ण अभिभावकहरुलाई जानकारी गराउन चाहन्छौ।
१) विशेष भर्नामा सम्मिलित बिद्यार्थीहरुले के के सुविधा पाउँछन ?
यस विशेष भर्ना कार्यक्रममा छनौट भएका बिद्यार्थीहरुलाइ निम्न लिखित सहुलियत र छात्रवृत्ति प्रदान गरिनेछ।
क) प्रवेश परिक्षामा सम्मिलित भएका बिद्यार्थीहरु मध्य यस बिद्यालयले तोकेको न्युनतम अंक ल्याउने सम्पूर्ण बिद्यार्थीहरुलाई पूर्ण नि:शुल्क ( सम्पूर्ण भर्ना तथा वार्षिक शुल्क मिनाहा ) भर्ना गरिनेछ।
ख) प्रत्येक कक्षाको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना बिद्यार्थीहरुलाई सम्पूर्ण भर्ना तथा वार्षिक शुल्क मिनाहा गर्नुका साथै छात्रवृत्ति पनि प्रदान गरिनेछ।
ग) प्रवेश परिक्षामा सम्मिलित हुनको लागि कुनै परीक्षा शुल्क लाग्ने छैन।
२) बिशेष भर्नाको लागि कति ओटा सिट छुत्याइएको छ ?
विशेष भर्नाको लागि कक्षा १, ४ र ६ मा निम्न सिट संख्या छुत्याइएको छ।
कक्षा | सिट संख्या |
१ | ३० |
४ | १५ |
६ | १० |
३) बिशेष भर्नाको लागि आवेदन फारम कहाँ पाईन्छ ?
कार्यालय समय भित्र (१० बजे देखि ४ बजे सम्म) आइतबार देखि शुक्रबार सम्म विद्यालयको लेखा शाखाबाट वा विद्यालयको वेबसाइट www.nvess.edu.np/download बाट डाउनलोड गर्न सकिने छ।
४) प्रवेश परीक्षा कहिले र कहाँ हुने ?
कक्षा १ को प्रवेश परीक्षा चैत्र २६ गते तथा कक्षा ४ र ६ को प्रवेश परीक्षा चैत्र २७ गते नर्थ भ्याली इङलिश सेकेण्डरी स्कुल, धर्मस्थलीमा बिहान ११: ०० बजे हुनेछ। कक्षा १ को परीक्षा अवधि १.५ घण्टा र कक्षा ४ र ६ को परीक्षा अवधि ३ घण्टाको हुनेछ।
५) प्रवेश परीक्षामा कुन कुन बिषयहरु समावेश गरिएका छन् ?
विज्ञान, गणित र अंग्रेजी ।
६) परीक्षार्थीहरुलाई कसरी मुल्यांकन गरिन्छ ?
बिद्यार्थीले प्रवेश परीक्षामा प्राप्त गरेको अंकको आधारमा परीक्षार्थीहरुको मुल्यांकन गरिनेछ र परीक्षार्थीहरुले प्राप्त गरेको प्राप्तांक सहित बिद्यार्थीहरुको नामावली विद्यालयको सूचना पाटि र वेबसाइटमा प्रकाशित गरिनेछ।
नोट:
भर्ना सम्बन्धि विस्तृत जानकारी कार्यालय समय भित्र बिद्यालयमा सम्पर्क राखी पाउन सकिनेछ वा विद्यालयको वेबसाइट www.nvess.edu.np बाट पाउन सकिनेछ।