आदरणीय अभिभावकज्यू,
विद्यार्थी भाइ–बहिनीहरुको दैनिक पठन–पाठनसँगै यस विद्यालयले ‘इज्मा मिडिया एण्ड म्यानेजमेन्ट’ सँग सहकार्य गरी प्रयोगात्मक शिक्षालाई जोड्ने क्रममा मिति २०७५/११/०७ गते मङ्गलबार कृतिम अन्तरिक्ष अध्ययन (Astronomy Fair) गराइने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ । उक्त कार्यक्रममा आधुनिक उपकरणहरु सहित प्रशिक्षण गराई रोचक ढंगले 360 degree, 3D projection and 3D प्रविधि प्रयोग गरी 'Leo Pranetaria' को साझेदारीमा दिउँसै तारा मण्डलको प्रस्तुति गराई विशेषज्ञहरुद्वारा कक्षा १ देखि कक्षा ९ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई ज्ञान मूलक प्रदर्शन, अध्यापन र विशेष अनुभुति गराइने छ ।
द्रष्टव्य : १. उक्त Digital Planetarium System Astronomy Fair मा सम्पूर्ण विद्यार्थीहरु (कक्षा १ देखि ९ सम्म) अनिवार्य रुपमा सहभागी हुनुपर्नेछ
२. यस कार्यक्रममा इच्छुक अभिभावकहरुलाई पनि सःशुल्क सहभागी गराउन सकिनेछ ।
धन्यवाद !
प्रिन्सिपल