Ref No. 2073/NVESS/ ३२१ मिति: २०७३/११/२६
आदरणीय अभिभावाकज्यु,
नजिकै आएको २०७३ चैत्र ०३ गते बिहिबारबाट शुरु हुने एस. एल सी. परीक्षाको पुन: जानकारी गराउदै बिद्यार्थी भाइबहिनीहरुको अत्यन्त महत्वपुर्ण समयलाई उच्चत्तम उपयोग गराइ उक्त परीक्षाको पुर्व तयारीको लागि घरायसी पढाई लेखाइमा विशेष निगरानी राखिदिन हुन बिद्यालय परिवार यहाँहरुलाई हार्दिक अनुरोध गर्दछौं। साथै परिक्षामा सामेल हुन विद्यालयको लेखा शाखामा कार्यालय समय भित्र यथासिघ्र सम्पर्क राखि परीक्षा प्रवेश पत्र संकलन गर्न पनि अनुरोध गरिन्छ।
धन्यबाद !
प्रिन्सिपल
नोट :
१) परीक्षा प्रवेश पत्रको लागि शैक्षिक सत्र २०७३ को सम्पूर्ण बाँकि रकम तिरेको हुनुपर्नेछ।
२) कृपया परीक्षा प्रवेश पत्रको एक प्रति फोटोकपी सुरक्षित राख्न सबैमा जानकारी गर्दछौ ।