मिति: २०७३/१०/१२
Ref No. 2073/NVESS/ 328
आदरणीय अभिभावक ज्यू,
चालु शैक्षिक सत्र २०७३ को वार्षिक परीक्षा पूर्व सूचना अनुरुप २०७३/१२/११ गते शुक्रबारसम्म (कक्षा ८ को हकमा १४ गते सम्म) चल्ने व्यहोरा जानकारी नै छ । उक्त परीक्षा सकिए लगतै विद्यार्थी भाइ—बहिनीहरुलाई २०७३/१२/१९ गते शनिबारसम्म शैक्षिक सत्र समाप्ति बिदा रहने व्यहोरा पनि सुचित गराउन चाहन्छौँ । साथै उक्त बिदा समय पश्चात विद्यालयले विद्यार्थी भाइबहिनीहरुलाई २०७३/१२/२० गते आइतबारबाट नयाँ शैक्षिक सत्र २०७४ सम्बन्धि महत्वपूर्ण समय एर्व अतिरिक्त क्रियाकलाप संलग्नतामा अनिवार्य उपस्थिति गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
माथि उल्लेखित व्यहोरासँगै निम्न समय तालिका अनुसार ‘शैक्षिक सत्र–२०७३ समाप्ति, विद्यालय जानकारी एवं अभिभावक भेला कार्यक्रम’ तय गरिएको हुँदा उक्त कार्यक्रमको सफलताको लागि यहाँहरुको हार्दिक उपस्थितिको अपेक्षा राख्दछौँ ।
अभिभावक उपस्थिति समय तालिका
सि.नं. कक्षा मिति समय
१. P.G.(नया नर्सरी र हालको नर्सरी ) २०७३/१२/१३ १०ः०० बिहान
२. LKG/UKG २०७३/१२/१३ १२ः०० अपरान्ह
३. १ र २ २०७३÷१२÷१५ ०९ः०० बिहान
४. ३ र ४ २०७३÷१२÷१६ १०ः०० बिहान
५. ५ र ६ २०७३÷१२÷१६ १२ः०० बिहान
६. ७ र ८ २०७३÷१२÷१८ १०ः०० बिहान
७. ९ २०७३÷१२÷१८ १२ः०० अपरान्ह
नोटः कार्यक्रम बिना ढिलासुस्ती निर्धारित समयमै सुरु गरिनेछ ।
धन्यबाद !
प्रिन्सिपल