नर्थ भ्याली इङ्गलिस बोर्डिङ्ग स्कुल
तारकेश्वर–०६, काठमाडौं
मितिः २०७८/०५/०८
Ref No.: NVESS/2078/ 045
विषय: प्रथम त्रैमासिक परीक्षा सम्बन्धि सूचना
आदरणीय अभिभावकज्यू,
शैक्षिक सत्र २०७८ को प्रथम त्रैमासिक परीक्षा मिति २०७८/०५/२५ गते शुक्रबारबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ। उक्त परीक्षालाई मध्यनजर गर्दै विद्यार्थी भाइ–बहिनीहरुलाई अघिपछि भन्दा घरायसी पठन–पाठनमा विशेष रेखदेख गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
द्रष्टव्य:
१) परीक्षामा सामेल हुन भाद्र महिना सम्मको मासिक शुल्क लगायत सम्पूर्ण शुल्क चुक्ता भएको हुनु पर्नेछ ।
२) परीक्षामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले बिद्यालयले उपलब्ध गराएको उत्तर पुस्तिका मात्र प्रयोग गर्नु पर्नेछ। उत्तर पुस्तिका परीक्षा शुल्क बुझाई लेखा प्रशासनबाट लिन सकिनेछ ।
प्रिन्सिपल