Ref. No.: NVEBS/2079/052
आदरणीय अभिभावकज्यू,
चालु शैक्षिक सत्र २०७९ सालको प्रथम त्रैमासिक परीक्षा (First Terminal Examination) मिति २०७९/०३/२३ गते, बिहिबारबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त महत्वपूर्ण परीक्षाको पूर्ण तयारीका लागि बाबु–नानीहरुको घरायसी पढाइ–लेखाइमा विशेष निगरानी गरिदिनुहुन यहाँहरुलाई हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद !
नोट :
१) परीक्षा तालिका अनुसार मौखिक (Oral) परीक्षा हुने दिनहरुमा पठन पाठन पनि हुने हुँदा सम्पूर्ण विषयका पाठ्य सामाग्री पनि पठाइदिनुहोला ।
२) परीक्षामा सम्मिलित हुन २०७९ असार महिनासम्मको सम्पूर्ण शुल्क बुझाउनपर्नेछ ।
नर्थ भ्याली इङ्लिस बोर्डिङ्ग स्कुल तारकेश्वर, काठमाडौँ