मितिः २०७४/०१/४
Ref. No. : NVESS/2074/01
आदरणीय अभिभावकज्यू,
विगतका शैक्षिक सत्रहरुमा झैँ शैक्षिक सत्र २०७४ मा पनि एस.इ.इ. (SEE) परीक्षा २०७४/७५ लाई केन्द्रित गरी क्रमश: कक्षा १० र ९ का अतिरिक्त कक्षाहरु मिति २०७४/०२/०२ गते मङ्गलबारबाट सञ्चालन हुने व्यहोरा जानकारी गराउन चाहन्छौँ । निम्न विषयहरुका अतिरिक्त कक्षाहरु सञ्चालन हुने छन् :
- कक्षा ९ को हकमा: अनिवार्य गणित, अनिवार्य विज्ञान र अतिरिक्त गणित
- कक्षा १० को हकमा ः अनिवार्य गणित, अनिवार्य विज्ञान, अतिरिक्त गणित र लेखा
तसर्थ विद्यार्थी भाइ–बहिनीहरुको अतिरिक्त कक्षाको पढाइ–लेखाइलाई मध्यनजर गर्दै सहमति हस्ताक्षरका साथ यस पत्र पुनः विद्यालयमा नै फिर्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
कक्षा ........... मा अध्ययनरत ........................................................... को अभिभावक, म ................................................... लाई माथिको सर्त मञ्जुर छ ।
धन्यवाद !
...............................
अभिभाकको हस्ताक्षर
प्रिन्सिपल
नोटः अतिरिक्त कक्षा मासिक शुल्क निम्न अनुसार निर्धारण गरिएको छ ।
कक्षा ९ : रु १३००/- प्रति महिना
कक्षा १०: रु १८००/-प्रति महिना